ग्रीन फाउन्डेसन नेपाल द्वारा तुलसीपुर ४ मा किसानलाई उन्नत जातको तोरी र टमाटरको विउ वितरण, किसान खुशी

ग्रीन फाउन्डेसन नेपाल द्वारा तुलसीपुर ४ मा किसानलाई उन्नत जातको तोरी र टमाटरको विउ वितरण, किसान खुशी

तुलसीपुर ४ मा रहेको हरियाली कृषि समुहमा आबद्ध किसानहरुलाई उन्नतजातको तोरीको विउ र टमाटरको विउ वितरण गरिएको छ । ग्रिन फाउण्डेशन नेपालले समुहको माग अनुसार किसानहरुलाई विउ वितरण गरेको हो । समुहका अध्यक्ष दोलक बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विउ हस्तान्तरण गदै वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)ले विउलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

थोरै विउ भएपनि धेरै उत्पादन हुन सक्ने भन्दै विउलाई सहि सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो । वडामा अधिकांस वडाबासी कृषिखेतीसंग जोडिएको भन्दै राम्रो तरकारी उत्पादन पकेट क्षेत्र भएको उहाले बताउनुभयो । वडा कार्यालयले पनि कृषकहरुका लागी विभिन्न कार्यक्रम संचालन गरेको र चालु आर्थिक वर्षमा किसानलाई मेसीनरी औजार वितरण गर्ने योजना अनुसार बजेट विनियोजन गरेको बताउनुभयो ।

सोहि अवसरमा ग्रिन फाउण्डेशन दाङका सचिव सुरेस रावतले समुहमा आबद्ध भएका तथा कोरोना प्रभावितलाई लक्षित गरी आयआर्जनमुलक कार्यक्रम संचालन गरेको बताउनुभयो । विशेषगरी किसानहरुको जिवनस्तर माथी उकास्नका लागी सहयोग पुग्ने गरी आफुहरुले व्यावसायीक कृषि खेती गर्न चाहाने किसानहरुलाई उन्नत जातको विभिन्न विउविजन वितरण गरेको उहाले बताउनुभयो ।

उत्पादन क्षेत्र अनुसारको विउविजन वितरण गरेको हुदा आफुहरुले दिएको विउले राम्रो उत्पादन गरी अर्को वर्ष फेरी त्यसलाई विउको रुपमा प्रयोग गर्न सकिने उहाले बताउनुभयो । ४० केजी तोरीको विउले तिन विघाहा बढि क्षेत्रफल जमिनमा लगाउन मिल्ने भएकाले यसबाट धेरै उत्पादन हुने उहाको भनाई छ ।यस्तैगरी टमाटरको १० प्याकेटबाट बिस हजार वेर्ना उत्पादन गरी धेरै टमाटर उत्पादन हुने र बजारीकरणमा समस्या भएमा त्यसको व्यवस्थापन आफुहरुले सहयोग गर्ने उहाले बताउनुभयो ।

उन्नत जातको टमाटर र तोरीको विउ पाएपछि किसानहरु खुशी भएका छन् । समुहका सदस्य तथा किसान शंकर वलीले उन्नत जातको विउविजन पाउदा खुशी लागेको बताउदै यसले आफुलाई धेरै राहात भएको बताउनुभयो । किसानहरुलाई ४० किलो उन्नत जातको तोरीको विउ र दश प्याकेट हेमसना जातको टमाटरको विउ वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण संस्थाका तुलसीपुर कार्यक्रम संयोजक तेजराज वलीले गर्नुभएको थियो ।

समाचार श्रोत: https://tulsipurkhabar.com/archives/63073?fbclid=IwAR1l0NNxKJp7Sl3X3sSBDLNJrDNuBD1ZfFA7DUElGtGruY3aqHb2ObReBao