“रानी सामूदायिक वनले पवित्रालाई बनायो व्यवसायी, कमाउँछिन् मासिक ६० हजार”

“रानी सामूदायिक वनले पवित्रालाई बनायो व्यवसायी, कमाउँछिन् मासिक ६० हजार”

माईती भीमफेदी भएकी पवित्रा रुम्बा अहिले श्रीमान, छोराबुहारी र दुई नातीनीहरुसँग हेटौंडा–६ चौघडाको रक्षादेवी टोलमा बस्दै आएकी छिन् । ४६ बर्षीया पवित्राको बिहे भएको २९ बर्ष बितिसक्यो ।पवित्रा र उनका श्रीमान अष्ट बहादुर रुम्बा पहिले सुकौरामा बस्थे।सुकौराको हात्तीआलमा प्लान नेपाल भन्ने संस्थाले सन्चालन गरेको स्कूलमा २०५३ सालदेखि शिक्षक पेशामा उनले जागिर खाए। त्यसैबेला पवित्राले पनि सुकौरा–३ मा रहेको बाल विकास केन्द्रमा स–सना बच्चाहरुलाई हेरबिचार गर्ने जागिर खान लागिन्।माओवादीको द्धन्दकाल सुरुभएपछि त्यहाँ बस्न असम्भव भएर २०६० सालमा परिवारसहित यहाँ आएर बसोबास गर्न थालेको पवित्राको भनाई छ।पवित्रा भन्छिन् ‘माओवादीले त्यसबेला एकदिन बराबरको तलब हामीलाई द,े नत्र हामी यहाँ पढ्ने बच्चाहरुलाई अपहरण गर्छाै’भन्यो। त्यसबेलाको परिस्थिति सँग जुध्न नसकेको र आफुसहित श्रीमतीको जागिर खोसिएकाले अष्ट बहादुर रुम्बाको संर्घषको दिनहरु सुरु भए।२०६० सालमा यहाँ झरेपछि १० वर्ष विदेश बसेर    आएका अष्टले अब नेपालमै बसेर काम गर्ने निधो गरेका छन् । ६ वर्ष अगाडि सम्म पवित्रा घरकै कामधन्दामा व्यस्त भईन। कसरी घरव्यवहार चलाउने भनेर निराश हुनेगरेकी पवित्रालाई गाउँमै रहेको रानी सामूदायिक उपभोक्ता समूहले ठुलो राहत दियो ।

 

रानी सामूदायिक वनले समूहमा रहेका गरिब, जनजाति, र दलित महिलाहरुको आर्थिक स्थितिमा सुधार लेराउनका निम्ति ४ वटा महिला उपसमूह गठन गरेको छ। जसमध्ये सुनौलो आयआर्जन महिला समूह २०६५ सालदेखि सन्चालनमा आएपछि पवित्रा र उनका साथीहरु उक्त समूहमा जोडिए ।सुरुमा बोकापाठा पालन गरेर रानी सामूदायिक वनले समूहमा लगानी दियो । पवित्रा र उनका साथीहरुले समूह गठनका सुरुवाती दिनहरुमा २० रुपैंयादेखि क्रमिक रुपमा २५ हँुदै अहिले मासिक २०० रुपैंया बचत गर्ने गरेका गरेका छन् ।

सुनौलो आयआर्जन समूहमा जोडिनु अघि पवित्रा घरायसी काममा व्यस्त थिईन । घरधन्दा बाहेक फूर्सदको समयमा पवित्रा उन कोरेर गलैंचा बुन्ने धागो निकालेर बस्थिन्। पवित्रा भन्छिन‘दुःख गरेर घण्टौ लगाएर धागो निकाल्यो किलोको जम्मा २० रुपैंया आउने’।आय आर्जन गर्ने बाटो नभएपछि पवित्राले सुनौलो आयआर्जन महिला समूहबाट १० हजार निकालेर चिया पसल गर्ने सोच बनाईन् । अहिले चिया हुँदै चटपटे र किराना सामग्री समेत राखेर पवित्राले आफ्नै घरमा व्यवसाय खोलेकि छिन्। पवित्रा निकै खुसि हुदैं भन्छिन‘मैले यहाँ व्यवसाय गर्न थालेपछि धेरै राम्रो आम्दानी हुनलाग्यो त्यसपछि श्रीमान विदेशबाट फर्केर आउनुभयो , अहिले हामी श्रीमान श्रीमती दुबै मिलेर पसल चलाउछौं’ ।पवित्रा भन्छिन् ‘चटपटे खानकै लागि कहाँकहाँ बाट ग्राहकहरु धाएर आउनुहुन्छ र निकै प्रशंसा गर्नुहुन्छ ।’उनका श्रीमान पनि उनको यो पेशाबाट निकै खुःसी देखिन्छन् ।

कुनैपनि व्यवसायीले आफ्नो व्यवसायबाट केहि न केहि अवरोधहरु भोग्नैपर्छ त्यस्तै पवित्राले पनि सुरुवाती दिनमा ग्राहक भड्काएको भनेर गालीहरु पाउथिन।महिलालेनै महिलालाई गरेर खान नदिएको पवित्रा मलिन अनुहार लगाउँदै सुनाउछिन ‘महिला नै महिलाको दुस्मन हुन्छ भन्ने कुरा मैले त्यसदिन बाट बुझे, मेरो व्यससाय बन्द गराउन मलाई धेरै नराम्रो भने’ । तर पनि पवित्राले आफू कहिले पनि पछि नपरी आफ्नो कर्मलाई सधैं निरन्तरता दिईरहिन ।       

पवित्राले अहिले आफनो व्यवसायबाट मासिक ६० हजार नाफा लिने गरेकी छिन्। छोराको बिहेबारी गर्नु र १० धुर जग्गा जोड्नुको श्रेय पनि पवित्रा आफ्नो व्यवसायलाई दिन्छिन् ।

सुनौलो आयआर्जन महिला समुहमा लागेर थुप्रै महिलाहरुले आयआर्जनको स्रोत पाए । समूहबाट ऋण निकालेर समूहकै सचिव विन्दु राईले टेलर खोलेर सिलाईको काम गर्न थालिन। त्यस्तै कसैले तरकारी खेती, कसैले बाख्रापालन गरी कुनै न कुनै क्षेत्रमा लगानी गरेर आयआर्जनको बाटो बनाएका छन् ।

यसरी रानी सामूदायिक वन उपभोक्ता समूहले सुनौलो आयआर्जन महिला समुह गठन गरेपछि समूहमा लागेका महिलाहरुको जीवनस्तर निकै फेरियो । पवित्राले आफूले सकुन्जेलसम्म आफ्नै व्यवसाय गरेर खाने सोच गरेकि छिन्। आर्थिक स्थिति सुधार्ने मनसायले ऋण निकालेका महिलाहरुले आफूले गरेको व्यवसायबाटै धेरै आम्दानी हात पारे । पवित्रा जस्ता कर्ममा विश्वास गर्र्ने मिहिनेती र लगनशील महिलाहरुले समुहमा मिलेर काम गर्दा राम्रो सफलता हाँसिल गर्न सक्ने उदाहरण दिएका छन् । सुनौलो आयआर्जन महिला समुहमा जोडिएपछि महिलाहरुले बचत गर्ने र आफूलाई चाहिएको बेलामा ऋण निकालेर व्यवसायमा लगानी गर्न पाउने मौका हात पारेका छन् जसले गर्दा उनीहरु आत्मनिर्भर भएका छन् ।

(अञ्जली थापा, मकवानपुर)