“दुःख भुलाएर सामुदायिक वनमा रमाइरहेकी भगवती”

“दुःख भुलाएर सामुदायिक वनमा रमाइरहेकी भगवती”

१३ वर्षअघि श्रीमान गुमाएकी हेटौंडा–८ कमानेकी भगवती कुमारी राना हरेक बिहान सबेरै उठ्छिन् । उनलाई १० बजे अगाडिनै घरधन्दा सकेर आफ्नो कर्मथलो महिला श्रृजना सामूदायिक वन उपभोक्ता समुहको कार्यालयमा पुग्नुछ । 

महिला श्रृजना सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति सदस्य रहेकी उनी त्यस समुहमा १५ वर्षदेखि आवद्ध छिन् । सूर्योदय टोलमा बसोबास गर्ने भगवती लामो समयदेखि सामूदायिक वनको संरक्षणमा सक्रिय छिन् । पहिले हेटौंडा औद्यौगिक क्षेत्रस्थित हेटौंडा कपडा उद्योगमा काम गरेकी रानालाई सामुदायिक वन क्षेत्र निकै नयाँ थियो । तर, अहिले वन नै उनलाई घरभन्दा प्यारो भएको छ ।

बिहानै कार्यालयमा पुगेर उनी घाँस उखल्ने , अम्लेसो लगाउने , पत्ता टिप्ने , फुलहरु गोड्ने , बगैंचामा पानी हाल्ने काममा व्यस्त हुन्छिन् ।

१५ बर्ष अगाडी महिलालाई घरबाहिर काम गर्न निकै गार्हाे थियो । तर, श्रीमानबाट राम्रै साथ पाएकाले उनलाई बाहिर हिँड्न गाह्रो भएन ।

विवाहपछि निर्वतमान स्व. अध्यक्ष चित्रकुमारी गुरुङ्को आग्रहमा उनले वनमा काम गर्न लागिन् । उनी भन्छिन्, ‘चित्रकुमारी दिदिले हामीलाई वनको अस्तित्व जोगाउन सिकाउनु भयो । म उहाँप्रति निकै आभारी छु । ’

सबेरै उठेर घरधन्दा भ्याएर छोरालाई पढ्न पठाएर फेरि यता वनमा काम गर्न आउनुपथ्र्याे, दुःखका दिन सम्झिदै उनी भन्छिन, अब त छोराको बिहेबारी भएर छोराबुहारी दुवै जागिर खान जान्छन् त्यसैले मैले घरधन्दा सकेर वनमा आउनुपर्छ।’

बेलुकी ५ बजेसम्म वनमै समय बिताउँछिन् उनी । आफु पैसाको लागि वन क्षेत्रमा नलागेको उनको दाबी छ । भन्छिन,  ‘मैले पैसाको लागि यहाँ काम गरेको हैन,मेरो हातखुट्टा लागुन्जेल सम्म म आफुलाई यसमै लगाउँछु । ’

 भगवती र उनका साथीहरुले सूरुसूरुमा निकै दुःख खेप्नुपर्याे ।वनमा कहिले डढेलो लाग्थे, कहिले चोरी निकासी हुन्थे त्यी समस्यासँग उनी र उनका साथीहरु जुध्नुपथ्र्यो। ‘मान्छेहरुले वनजङ्गल फडानी गर्ने लुकिछिपि घाँसदाउरा र्चोने गर्दा कति झगडा गरेर र्फिता ल्याए ,वनको संरक्षण गर्नुपर्छ वनलाई माया गनुपर्छ भन्नेकुरा म पनि जान्दिन थिए तर अहिले यी रुखविरुवा प्रति धेरै मोह छ’ उनले भावुक हुँदै भनिन् । भगवतीलाई सुरुसूरुमा वनमा काम गर्न आउदा धेरैले नराम्रो भने । वनमा काम गरेर के पाउछस् ? भनेर अरुले खिस्सी र्गथे कहिलेत उनलाईपनि हो मैले के पाउछु र ?जस्तो लाग्थ्यो र आफ्ै लुकिलुकी घासँदाउरा काट्थिन,पछि उनलाई त्यी रुखविरुवा संग निकै लगाव हुदैं गयो र आफुले नै अरुलाई रुखविरुवा जोगाउनुपर्छ भनेर सम्झाउन लागिन। वनमारा डढाएर कोइला वनाई बेच्दा भगवतीहरुले ठुलो आम्दानी हात पारे त्यतिमात्र होईन मैनबत्ती वनाउन , च्याउ खेती गर्न आफुले जानिसकेको कुरा उनी हर्षित मुहार लगाएर सुनाउँछिन् । वनका काँडा उखलेर फाल्दै आफुले संघर्ष गरेर हुर्काएका स–सना रुखविरुवाले आकाश छुन लागेको देख्दा भगवती प्रफुलित छिन् । म महिला त्यसमाथि एकल श्रीमानको स्वर्गबासपछि अनेकौ समस्यासँग जुध्नुपर्याे धन्न मैले आफ्ना सीपहरुलाइ आयआर्जनको माध्यम वनाए, भगवती भन्छिन् श्रीमान नहुदा यहि वनमा डुलेर यहिका बोटबिरुवालाई साथी वनाए, मन भुलाउने बाटो यहि वन थियो मैले वन जोगाए जसरी यसले मलाई जोगायो ।

महिला श्रृजना सामुदायिक वनको संस्थापक अध्यक्ष तिलकुमारी तमाङ् हुन जो अहिले सल्लाहाकार छिन् । निर्वतमान अध्यक्ष स्व. चित्रकुमारी गुरुङ्को स्वर्गवासपछि छोरी लक्ष्मी श्रेष्ठले आमाको पद सम्हालिन। आमाको वन संरक्षणको सपना पुरा गर्ने सोच बोकेकी लक्ष्मी उडीरहेका चरा, हरिया रुखविरुवा फुलेका फुलहरुमा आमाको मिहिनेत फुलेको आभास गर्छिन् । मेरो आमाले यहाँ काम गर्ने आमाहरुलाई सीप सिक्ने अवसर दिनुभयो उहाँले गरेका दुःखहरुलाई म खेर जान दिने छैन लक्ष्मी भन्छिन् । उनी भन्छिन् मलाई मेरो नामले भन्दा आमाको नामले सबैले चिन्छन् मलाई यसमा गर्व छ।                                     

महिला श्रृजना सामुदायिक वनमा अहिले पार्क वनने तयारी हुदैंछ । करिब ३.२२ भेक्टरको क्षेत्रफलमा पार्क निर्माण हुन लागको हो । केहि समय अघि मात्र खानेपानि डिभिजन कार्यालय बाट ८००० लिटरको लागि पानि ट्याङ्की सहयोग आयो,फेरि प्रदेश भवन कार्यालयबाट पर्खाल लगाउनको लागि बजेट सहयोग आएको छ , खुसि हुदैं अध्यक्ष लक्ष्मीले बताईन । सहयोगको लागि कहि कतै जादा कसैलेपनि नराम्रो व्यवहार नगरेकोमा लक्ष्मी भन्छिन आमाले गरेका राम्रो कर्मको फल मैले पाए मलाई सबैले बहिनी ,भान्जी , छोरी भनेर सम्बोधन गर्नुहुन्छ। केहि समय अघि मात्र डिभिजन वन कार्यालयले महिला श्रृजना सामुदायिक वनलाई विभिन्न जातका विरुवाहरु सहयोग गर्याे जसपश्चात भगवती र उनका साथीहरु मिलेर कमानेको बल्क २ को हाइटेन्सन मुनि कागति, अमला, लिच्चिका बिरुवाहरु सारे । यसरी महिला श्रृजना सामुदायिक वन समुहका महिलाहरुले वनजङ्गल सुरक्षित गर्नका लागि हातेमालो गरि लागिपरेका छन् ।

घरका कुनाकुनामा हात फिजाएर भित्ता सिङ्गारेका महिलाले मात्र अवसर कुरेका हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन् भगवती । महिला श्रृजना सामुदायिक वनले भगवती र उनका साथीहरुलाई सीपको भण्डार दियो ।

१५ बर्ष अघि महिला–महिला मिलेर काम गर्न कतिको सहज थियो होला ? तरपनि त्यसबेलाको समयमा सबैलाई समेटेर अवसर दिने चित्रकुमारी गुरुङ्को योगदान कम्तिको छैन।सीप आफुमा छ भने त्यो मान्छेले कहिले दुःख पाउदैंन भन्थे , परिस्थितिसँग जुधेको अनुभव साट्दै भग्वती भन्छिन् महिलाहरुले हातेमालो गर्दै अघि बढ्नुपर्छ ।  

(अञ्जली थापा, हेटौंडा)