सामुदायिक वन अधिकार सम्मेलन गर्नको लागि तयारी बैठक सम्पन्न

सामुदायिक वन अधिकार सम्मेलन गर्नको लागि तयारी बैठक सम्पन्न

ग्रीन फाउन्डेसन नेपाल दाङको अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख एवं ग्रीन फाउन्डेसन नेपाल GFN का अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सचीव ठाकुर भण्डारीको बिशिस्ट आतिथ्यता आयोजनामामा सामुदायिक वन अधिकार सम्मेलन सम्पन्न गर्नको लागि तयारी बैठक बसेको छ । 

बैठकले दाङको तुलसीपुरमा यहि असोज ७ देखि १० गते सम्म सामुदायिक बन अधिकार सम्मेलन दाङको तुलसीपुरमा गर्ने भनी गरिएको निर्णयलाई स्वागत गर्दै उक्त सम्मेलनलाई भब्य रूपमा सफल पार्न लागि सामुदायिक वन ब्यबस्थापन स्थानीय समिती १० वटा गठन गरिएको छ ।