तुलसीपुरमा सामुदायिक बन पैरवी नेतृत्व विकास तालीम सुरु

तुलसीपुरमा सामुदायिक बन पैरवी नेतृत्व विकास तालीम सुरु

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल (FECOFUN) र ग्रीन फाउन्डेसन नेपालको संयुक्त आयोजनामा “सामुदायिक बन पैरवी नेतृत्व विकास तालीम” स्थानीय सामुदायिक बन उपभोक्ता महासंघ नेपाल तुलसीपुरका अध्यक्ष चन्द्र ब. वलि को अध्यक्षता एवं ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिब ठाकुर भण्डारी र दुजमान भण्डारी (वर्षात) को बिशिस्ट आतिथ्यतामा आजदेखी तुलसीपुरमा शुरु भएको छ ।
ग्रीन फाउन्डेसन नेपाल दाङ शाखा सुरेश कु. रावतको स्वागत मन्तव्यबाट भएको कार्यक्रममा दाङ सहित विभिन्न जिल्लाका २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ भने उक्त कार्यक्रमको सन्चालन खुम प्रसाद भण्डारीले गर्नुभएको थियो |