तुलसीपुर उपमहानगरपालिकामा १ दिने उद्यम संवाद कार्यक्रम संचालन

तुलसीपुर उपमहानगरपालिकामा १ दिने उद्यम संवाद कार्यक्रम संचालन

उद्यमशीलता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम तुलसीपुर उपमहानगरपालिकामा सम्पन्न भएको छ | उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रतिनिधिहरु, विभिन्न वडाका प्रतिनिधिहरु, सामुदायिक वन महासंघका प्रतिनिधिहरु, स्थानीय सामुदायिक उपभोक्ता समुहका उपभोक्ताहरु, विभिन्न हरियाली कृषक समुह, पालिकाका बन तथा कृषि उद्यमीहरु तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तुलसीपुरका निवर्तमान प्रमुख घनश्याम पाण्डेले उद्यमशिलता बिकास बारेमा प्रशिक्षण दिनुभएको थियो भने ग्रीन फाउन्डेसन नेपाल शाखा दाङका अध्यक्ष विष्णु केसी र सचिब सुरेश कुमार रावत, तुलसीपुर नगर महासंघका अध्यक्ष, तथा विभिन्न प्रतिनिधिहरुले आफना  भनाई राख्नुभएको थियो |