Convention on Biological Diversity (CBD) को पक्ष राष्ट्रहरुको १५ औं सम्मेलनले पारित गरेको Kunming-Montreal Global Biodiversity Framework (GBF) लाई कार्यान्वयन गर्ने सन्दर्भमा सवै पक्ष राष्ट्रहरुले आ-आफ्ना “जैविक विविधता रणनीति तथा कार्ययोजना” तयार गर्ने लगायतको कार्य गर्नुपर्ने अवस्था रहेकोमा वन तथा वातावरण मन्त्रालयले UNDP को प्राबिधिक सहयोग र Global Environment Fund (GEF) को आर्थिक सहायतामा संचालनको क्रममा रहेको GBF-Early Action Support आयोजना मार्फत “जैविक विविधता रणनीति तथा कार्ययोजना” निर्माणको लागि UNDP बाट छनोट भएको सेवाप्रदायक संस्था “ग्रीन फाउण्डेशन नेपाल” द्वारा स्थलगत स्थानीय, जिल्ला तथा प्रदेशस्तरीय छलफल, अन्तरक्रिया कार्यक्रम गरि कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा स्थानीय सरकार, आदिवासी जनजाती तथा स्थानीय समुदाय, पत्रकार, बातावरण विज्ञ लगायत को सहभागितामा सम्पन्न गरियो |
सुदूरपश्चिम, लुम्बिनी, र कर्णाली प्रदेशका ९ वटा स्थानीय तहमा,३ वटा जिल्ला स्तरमा र २ वटा प्रदेश स्तरमा छलफलहरू आयोजना गरिएको थियो । छलफलहरूमा शे-फोक्सुण्डो, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दार्चुलाको अपिनापा संरक्षण क्षेत्र, कर्णाली र भेरी करिडोर र मध्यवर्ती क्षेत्र जस्ता जैविक विविधता संरक्षणका प्रमुख क्षेत्रहरूमा केन्द्रित रहेर जैविक विविधता र संरक्षणका विभिन्न विषयहरूमा गहिरो छलफल संचालन गरिएको थियो । सहभागीहरूलाई तीन समूहमा (जैविक बिबिधता संरक्षण समुह, जैविक बिबिधता मुलप्रबाहिकरण र जैविक बिबिधतामाथिको अधिकारमुखी समुह ) विभाजन गरी समूहगत छलफल गराईएको थियो, जहाँ उनीहरूले जैविक विविधता संरक्षण र दिगो उपयोगका उपायहरूमा आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए ।
ग्रीन फाउन्डेसन नेपालको सहजीकरणमा सञ्चालन भएको यस कार्यक्रमको उद्देश्य नेपाल जैविक विविधता रणनीति तथा कार्ययोजनाको पुनरावलोकनको लागि समुदाय स्तरमा छलफल गरि सुझावहरु संकलन गर्नु थियो ।
Leave a Reply