शान्तिनगर गाउँपालिकामा १ दिने उद्यम संवाद कार्यक्रम संचालन

शान्तिनगर गाउँपालिकामा १ दिने उद्यम संवाद कार्यक्रम संचालन

ग्रीन फाउन्डेसन नेपाल शाखा दाङ र शान्तिनगर गाउँपालिका दाङको आयोजनामा एक दिने उद्यमशिलता अभिमुखिकरण तथा संवाद कार्यक्रम आज सम्पन्न भएको छ ।
ग्रीन फाउन्डेसन नेपाल शान्तिनगर गाउँपालिकाका संयाेजक धन बहादुर केसीको अध्यक्षता एवम् शान्तिनगर गाउँपालिका दाङका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा ग्रीन फाउन्डेसन नेपालGFN का केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
ग्रीन फाउन्डेसन नेपाल दाङ शाखा काेषाध्यक्ष खुम प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा विष्णु केसी, लक्ष्मी बैंकका म्यानेजर सरोज चौधरी लगाएतले आ-आफ्नो भनाइ राख्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न वडाका करिब १०० भन्दा बढीको सहभागिता रहेको थियो ।