सैनामैना नगरपालिकामा १ दिने उधमशिलता अभिमुखिकरण तथा सम्बाद कार्यक्रम सम्पन्न

सैनामैना नगरपालिकामा १ दिने उधमशिलता अभिमुखिकरण तथा सम्बाद कार्यक्रम सम्पन्न

सैनामैना नगरपालिकाको सभाहलमा १ दिने उधमशिलता अभिमुखिकरण तथा सम्बाद कार्यक्रम फेकोफन जिल्ला अध्यक्ष श्री दिनानाथ आचार्य ज्युको अध्यक्षता, सैनामैना नगरपालिकाका प्रमुख श्री फडिण्द्र प्र. शर्मा ज्युको प्रमुख आतिथ्यता र उप-प्रमुख श्री बिना राना मगर ज्युको विशिष्ट आतिथ्यतामा समापन भयो।
सैनामैना नगरपालिका, ग्रीन फाउन्डेसन नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहकार्यमा कार्यक्रम आयोजना भएको हो।
सो अवसरमा सामुदायिक वनमा आधरित सम्भाव्य वन उधमको बारेमा छलफल केन्द्रित भएको थियो भने वन उधमिहरुले आफ्नो उधम संचालन अनुभवको जानकारी गराउनु भएको थियो। पालिका प्रमुखले पालिकाले स्थानिय वन ऐन बनेको र सो कर्यान्वयनको चरणमा रहेको हुँदा सा.ब.हरु संग सहकार्य गरेर पालिकाले कार्यक्रम सन्चालन गर्ने जानकारी गराउनु भयो भने उप प्रमुखले बनमा आधरित उधम सन्चलन मार्फत हरित रोजगारी शृजना गर्न साब हरुलाई आग्रह गर्नु भएको थियो।
फेकोफन केन्द्रिय न्यायिक समिती संयोजक श्री शावित्रा अर्याल, जिल्ला फेकोफन सचिव श्री सुमित्रा आचार्य ज्यु, सैनामैना उधोग बाणिज्य महासंघका अध्यक्ष श्री प्रेम खड्का ज्यु, सैनामैना व्यापार महासंघ अध्यक्ष श्री गणेश भुसालज्यु , सैनामैना सब डिभिजन बन कार्यालय प्रमुख एम भगतज्यु, गोदावारी महिला सहकारी वाट अध्यक्ष लक्ष्मी आचार्यज्यु, निवर्तमान अध्यक्ष श्री लक्ष्मी जोशीज्यु, उपाध्यक्ष श्री जुना आचार्यज्यु, सैनामैना नगरपालिका र कन्चन गाउपालिकाका सामुदायिक बनका अध्यक्ष, पदाधिकारीहरुको सहभगिता रहेको थियो। उक्त कार्यक्रम फेकोफन केन्द्रिय सदस्य श्री रिता घिमिरे ज्युले सन्चालन गर्नु भयो भने कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपालका वन उधम विकास संयोजक श्री प्रेम सुवेदी ज्युले गर्नु भएको थियो।