ग्रिन फाउण्डेशन नेपालद्वारा भिमदत्त नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

ग्रिन फाउण्डेशन नेपालद्वारा भिमदत्त नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

भिमदत्त (कञ्चनपुर), जेष्ठ ८ | ग्रिन फाउण्डेशन नेपालको आर्थिक सहयोगमा सामुदायिक वन महासंघ, कञ्चनपुर जिल्ला महासंघका अध्यक्ष लक्ष्मी साउँद र ग्रिन फाउण्डेशन नेपालका स्थानीय परियोजना संयोजक सुरज भट्टद्धारा कञ्चनपुरको भिमदत्त नगरपालिकालाई मास्क तथा सेनिटाईजर जस्ता स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो | उक्त अवसरमा स्वास्थ्य सामग्री नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री नरेन्द्र राज जोशीले उक्त स्वास्थ्य सामग्री बुझिलिनु भयो | स्थानीय परियोजना संयोजक सुरज भट्टले यस सहयोहले नगरपालिकालाई कोरोना विरुद्ध लड्न सहयोगी हुने विश्वाश व्यक्त गर्नु भयो | महासंघको जिल्ला अध्यक्ष लक्ष्मी साउदले ग्रिन फाउण्डेशन नेपालको आर्थिक सहयोगले स्थानीय सरकारलाई प्रभाबकारी भूमिका खेल्न थप सहयोग पुग्ने जानकारी दिनु भयो |
साथै कोभिड नियन्त्रणको लागि अग्रभागमा खटिनुभएका नेपाल प्रहरी र नगरप्रहरीहरुलाई पनि मास्क तथा खानेकुरा वितरण भएको सुरज भट्टले जानकारी दिनु भयो |
Green Foundation Nepal (GFN) is working as a helping hand with the local government in this Covid pandemic. GFN along with Federation of Community Forests User Group Nepal support health equipment and food for front liners fighting against pandemic Covid.

This municipality shares an open border with India, flow of people from border severity hits and enhanced contamination. FECOFUN Kanchanpur District, Chairperson, Laxmi Saud and GFN, local project coordinator, Suraj Bhatt handed over the support to Health head of municipality and security persons. Municipality security guards and Nepal police have responsibly done their duty.Green Foundation Nepal has encouraged them for their job by supporting health equipment like masks, sanitizer and food packages. Municipality and security persons give thanks word to GFN for the support and expect further support to fight against Covid in collaboration of diverse sectors.