ग्रीन फाउण्डेशन नेपालको पहल – तिहारमा स्थानीय फूलले सजियो तुलसीपुर

Photo by:-Ganesh Bhandari,GFN Dang

दाङको तुलसीपुर-बाघमारे सडकखण्डमा रहेको अश्वारा क्षेत्रमा ग्रीन फाउण्डेशन नेपाल, दाङ शाखाले फूलखेती उद्यम सञ्चालन गरेको छ। संस्थाले करिब ७ कठ्ठा जमिनमा २,२०० बोट फूल रोपी तिहार लक्षित उत्पादन सुरु गरेको हो। फूलखेतीमार्फत स्थानीय उद्यमशीलता र फूल आयात न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ। बजार व्यवस्थापक गणेश भण्डारीका अनुसार यस वर्ष ६ कुइन्टल फूल उत्पादनको अनुमान गरिएको छ। भण्डारीका अनुसार, गत वर्षको तुलनामा यसपालि फूलखेती केही घटेको भए पनि माग भने झन् बढ्दो छ । “प्लास्टिक माला प्रतिबन्ध र स्थानीय उत्पादनप्रतिको चेतना वृद्धि यसको मुख्य कारण हुन्,” उनले बताए। भण्डारीले हालसम्म करिब रु. १.५ लाख लगानी गरेको र तीन गुणासम्म आम्दानी सम्भावना रहेको बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाले भने तिहार अघि फूलको उचित मूल्य निर्धारण गर्न व्यवसायीसँग छलफल गर्ने तयारी जनाएको छ।

https://nayayougbodh.com/news/2025/10/10/698036