बागमती प्रदेश सांसद एबम् सामुदायिकव वन उपभोक्ता महासंघकी अन्तराष्ट्रिय अध्यक्ष भारती पाठकले वन तथा वातावरणबाट समृद्धी ल्याउनको लागि समुदायमैत्री ऐन बनाउन जरुरी रहेको बताउनुभएको छ ।
हेटौंडामा रेड प्लस केन्द्रले ग्रीन फागण्डेशन नेपालको सहजिकरणमा गर्दै नेपाल समुदायमैत्री वन ऐन निर्माणको लागि अधिकारवालाहरुसंगको अन्तर्सम्बादको लागि आयोजना गरिएको कार्यक्रम ‘बागमती प्रदेश स्थानिय वन संबाद ’ बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद पाठकले बागमती प्रदेशको समुदायमैत्री वन ऐन नर्माणको लागि सबै सरोकारवाला निकायहरुसंगको छलफल, बिषयगत समितीको पहलसंगै सरकारले पनि आबश्यक्ता महसुश गर्न र अपनत्व लिन जरुरी रहेको जनाउनुभयो । उहाँले वनमा आधारित उद्यम , महिलाहरुको सहभागिता र परम्परागत ज्ञान र सिपको अनुभवलाई सम्बोधन गर्न जरुरी रहेको धारणा ब्यक्त गर्नुभयो ।
उहाँले सबै स्रोत र साधन परिचालन गर्दा सबै सम्भव हुने उहाँको भनाई छ । वनबाट उद्यम विकास गरेर समृद्धी ल्याउन सम्भव भएको उहाँको भनाई छ ।
सांसद पाठकले नेपालमा जलवायु परिबतएनको असर सबैभन्दा बढी आदिबासी जनजाती र बिपन्न स्थानिय समुदायमा परिरहेको बताउनुभयो ।
उहाँले जल तथा वायु प्रदुषण र जलवायु परिबर्तनको असरले आइरहेको समस्या वनमा आधारित जिवनशैली भएका समुदायहरु मर्कामा परिरहेकोले यस बिषयमा गम्भिर हुनपर्ने भनाई ब्यक्त गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान र त्यसपछी बिश्वको नै सामुदायिक वन उगभोक्ता समुहहरुको नेतृत्व गरिरहनुभएकी उहाँले हाल अन्य समस्या संगै वायु प्रदुषण अत्यधिक बढेको र यसको न्युनिकरणको उपाय खोज्न सबै एकैस्थानमा आउनुपर्नेमा जोड दिनुभयो । नेपार सरकारले भर्खरै सम्पन्न गरेको सगरमाथा संबादले पनि नेपालमा अजवायु परिवर्तनको असर कम गर्न र नेपालमा यसक्षेत्रमा अनुदानहरु भित्राउनको लागि वातावरण सृजना हुने जनाउनुभयो ।
उहाँले नेपालमा वनबाट समृद्ध समुदाय बनाउन सहिने प्रसस्त स्रोत साधनहरु भएकोले त्यसलाई ब्यबस्थापन गर्ने ऐनहरु बनाउन पर्ने र भएका ऐक कानुनले समस्या हुने भए संसोधन गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा भित्रने हरित कोष र कार्बन कार्यान्वयन कोषलाई तल्ले समुदायसम्म पुर्याउन पर्नेमा पनि जोड दिनुभयो ।