स्थानीयस्तरमा पाइने सामाग्रीबाट महिलालाई उद्यमी बनाउने अभियान

स्थानीयस्तरमा पाइने सामाग्रीबाट महिलालाई उद्यमी बनाउने अभियान

ग्रिन फाउण्डेशन नेपालले दाङ, तुलसीपुरका महिलाहरुलाई स्थानीय कच्चा पदार्थ प्रयोग गरेर हस्तकलाका सामग्री उत्पादन गर्ने तालिम प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को सहकार्यमा आयोजित यो तालिमले महिलाहरुमा उद्यमशीलता विकास गर्दै आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याएको छ।तालिममा वडा नं. १, २, ३ र ८ का २६ जना महिलाहरुले सहभागिता जनाएका थिए। सहभागीहरुले पराल, मकैको पोस्कर, काँश, मुज, बाबियो, र थाकलजस्ता स्थानीय स्रोतहरुको उपयोग गरी झोला, कमलदानी, फूलदानी जस्ता सामग्री बनाउन सिके। यस तालिमले महिलाहरुमा आयआर्जन गर्ने सिप र आत्मनिर्भर बन्ने आत्मविश्वास विकास गरेको छ।तुलसीपुर-२ की धनराशी चौधरीले यो तालिमले आफूलाई हस्तकलाका सामग्री उत्पादनमा संलग्न भई आयआर्जन गर्न प्रेरणा दिएको बताइन्। त्यस्तै, तुलसीपुर-१ की ६५ वर्षीय चन्द्री बिकले बृद्ध अवस्थामा पनि यो सिपले आर्थिक रुपमा सक्रिय बन्न प्रेरित गरेको बताइन्। ग्रिन फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेका अनुसार संस्थाले स्थानीयस्तर तथा वनमा पाइने स्रोतसाधनको प्रयोग गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। बाँसबाट सामग्री बनाउने, पातबाट टपरी बनाउने जस्ता तालिमहरु पनि संस्थाले प्रदान गर्दै आएको छ। तालिम समापन कार्यक्रममा तुलसीपुर २ का अध्यक्ष भीमबहादुर योगी, ८ का अध्यक्ष धर्मराज वली, र १८ का अध्यक्ष माधव वलीले फाउण्डेशनको प्रयासलाई उच्च प्रशंसा गर्दै सिप सिकेका महिलाहरुले समूह बनाएर व्यवसायिक योजनासहित अगाडि आएमा स्थानीय  सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे।https://etulsipur.com/2024/12/22/15076