हेटौंडामा ग्रिन फाउन्डेसन नेपालले महिला उद्यमी समूह र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ, जहाँ उद्यमीहरूले बजारीकरण र व्यवस्थापनको चुनौती मुख्य समस्या रहेको बताएका छन्। घरेलु उत्पादनहरूको निश्चित बजार अभाव, लेबलिङ र प्याकेजिङको कमीले उत्पादनको बजारीकरणमा कठिनाइ भइरहेको उनीहरूले बताए। श्रमजीवी महिला काष्ठकला समूहकी अध्यक्ष विष्णु कुमारी राईले स्थानीय सरकारले नीति बनाएर स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ भने साबुन उद्योगकी अध्यक्ष सन्तोषी बनकरियाले अर्गानिक साबुनको बजार विस्तारमा लेबलिङको अभाव बाधा बनेको बताउनुभएको छ। कार्यक्रममा बुङ्दल आयआर्जन कृषि समूह र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमी समूहले पनि अनुभव साटे, साथै नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित सदस्यहरूलाई सम्मान गरिएको थियो।https://www.facebook.com/story.php?story_fbid=3937155316526562&id=100006963964282&rdid=kmj364xW9TsHzBCZ