“लैङ्गिक हिंसा अन्त्यका लागि मानसिकता परिर्वतनको आवश्यकता: राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे”

“लैङ्गिक हिंसा अन्त्यका लागि मानसिकता परिर्वतनको आवश्यकता: राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे”

 

https://tourshala.com/ne/108377/
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक हिंसाका घटना पुरानो मानसिकताका कारण अन्त्य हुन नसकेको बताउनुभएको छ। ग्रिन फाउण्डेसन नेपालको संयोजनमा बानेश्वरमा आयोजित “लैङ्गिक हिंसा विरुद्धको अभियान” अन्तर्गत गीति नाटक प्रस्तुति र अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले कानुनी संरचना मात्र पर्याप्त नभई प्रभावकारी कार्यान्वयन र मानसिकता परिवर्तन जरुरी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, हिंसा न्यूनिकरण होइन, यसको पूर्ण अन्त्य नै मुख्य उद्देश्य हुनुपर्छ। कानुन बने पनि कार्यान्वयन पक्ष बलियो नभएका कारण चुनौती कायमै रहेको उहाँको धारणा थियो। सिंहदरबारदेखि स्थानीय तहसम्म महिलामाथि हिंसा भइरहेका घटनाहरूको उल्लेख गर्दै उहाँले सांस्कृतिक हिंसालाई पनि परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो।

स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिहरूले हिंसाका समस्या झेलिरहेका र काम गर्न सहज वातावरण नपाएकोप्रति दुःख व्यक्त गर्दै उहाँले मानसिकतामा पुनः संरचना गरेर लैङ्गिक हिंसाको अन्त्यका लागि सबै सरोकारवालाहरूसँग सहकार्य र अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।