0.000
तुलसीपुरमा ४ दिने पत्रकारिता,उदघाेषण तालीमको संचालन

तुलसीपुरमा ४ दिने पत्रकारिता,उदघाेषण तालीमको संचालन

ग्रीन फाउन्डेसन नेपाल शाखा दाङ र रेडियो प्रकृति एफ एम तुलसीपुरको आयोजनामा ४दिने पत्रकारिता,उदघाेषण तालीम आजदेखी तुलसीपुरमा शुरु भएको छ ।
ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचीव सुरेश रावतको अध्यक्षता एवं ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता उदघाटन गरिएको छ ।
संगित बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त तालिम उदघाटनमा स्वतन्त्र पत्रकार संघका अध्यक्ष जित सागर, प्रेस चौतारी नेपाल शाखा दाङका अध्यक्ष इन्द्र डिसिले बोल्नुभएको थियो । ४ दिनसम्म चल्ने तालीममा विभिन्न वडाहरुका करिब ३५ जना युवाहरुको सहभागिता रहेकोे छ ।