0.000
बाँसको उत्पादन, उपभोग र दिगो व्यवस्थापनका लागि: नर्सरी स्थापना र व्यवस्थापन सम्बन्धि ३ दिने तालिम

बाँसको उत्पादन, उपभोग र दिगो व्यवस्थापनका लागि: नर्सरी स्थापना र व्यवस्थापन सम्बन्धि ३ दिने तालिम

ग्रीन फाउन्डेसन नेपाल र तुलसीपुर उपमहानगरपालिका दाङ को संयुक्त आयोजनामा बाँसको उत्पादन, उपभोग र दिगो व्यवस्थापनका लागि: नर्सरी स्थापना र व्यवस्थापन सम्बन्धि ३ दिने तालिम तुलसीपुरको बिजौरीमा शुरु भएको छ ।

उद्यमी महिला समुहको अध्यक्ष रेवती बि.क. को अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख श्री घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा उदघाटन भएको तालिममा २ सामुदायिक बनका २७ जना उपभोक्ताहरुको सहभागिता रहेको छ ।

३ दिनसम्म सन्चालन हुने उक्त तालिममा विभिन्न विषयहरूमा इलाका बन तुलसीपुरका बन अधिकृत कमल पुन, तुलसीपुर उपमहानगरपालिकाका बन अधिकृत ॐकान्त भट्टराई, GFN का तालिम अधिकृत अबिरल न्यौपाने, कार्यक्रम संयाेजक प्रज्ञा काफ्ले र तेजराज वलिले सैद्धान्तिक र प्रयोगात्मक रुपमा प्रशिक्षण दिइने भएको छ ।