0.000
ग्रिन फाउण्डेशन नेपालद्वारा हरियाली कृषक समुहलाई बीउ विजन सहयोग

ग्रिन फाउण्डेशन नेपालद्वारा हरियाली कृषक समुहलाई बीउ विजन सहयोग

भदौ २६,तुल्सिपुर। ग्रिन फाउण्डेशन नेपालले हरियाली कृषक समुहलाई बीउ विजन सहयोग गरेकाे छ ।

तुल्सिपुर उपमहानगरपालिका ११ मा नव-गठित राधा कृष्ण हरियाली कृषक समुहलाई उन्नत जातका टमाटर, काउलि, वन्दा गाेपि, मुला, धनिया, भाजि साग र गाजर का बीउ विजनहरु वितरण गरेकाे छ ।

उक्त कृषक समुहका उपाध्यक्ष नवराज डागिंकाे अध्यक्षता एवम् ग्रिन फाउण्डेशन नेपाल तुल्सिपुर उपमहानगरपालिकाका कार्यक्रम संयाेजक तेजराज वलिकाे प्रमुख आतिथ्यतामा बीउ विजन वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि तेजराज वलिले ग्रिन फाउण्डेशन नेपालले तुल्सिपुर उपमहानगरपालिका अन्तर्गतका सबै वडामा रहेका कृषक समुहहरुलाई कृषि क्षेत्रमा आधुनिकरण गर्दै व्यवसायिक तवरले अघि वढ्न ग्रिन फाउण्डेशन नेपाल सदैव तत्पर रहेकाे वताउनु भएकाे थियाे । साथै जवसम्म कृषकहरू कृषि पेशामा आत्मनिर्भर हुन सक्दैनन तबसम्म देशले कृषि क्षेत्रमा आर्थिक फड्काे मार्न सक्दैन भन्ने जिकिर गर्नु भएकाे थियाे ।

वितरण कार्यक्रम पश्चात् उक्त कृषक समुहका उपाध्यक्षले बीउ विजन सहयाेग गरेकाेमा ग्रिन फाउण्डेशन नेपाललाई धन्यवाद दिदै आगामि दिनमा समुहमा रहि ग्रिन फाउण्डेशन नेपालसंग सहकार्य गर्दै उद्यमि र स्वराेजगार बन्ने तत्परता प्रकट गर्नु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन ग्रिन फाउण्डेशन नेपाल तुल्सिपुर उपमहानगरपालिका स्थानीय कार्यक्रम सहजकर्ता दिवस रेग्मीले गर्नुभएकाे थियाे ।