ग्रीन फाउन्डेसन नेपाल(GFN) र शान्तिनगर गाउँपालिकाको आयोजनामा प्राङ्गारिक तरकारी उत्पादन सम्बन्धि एक दिने अभिमुखिकरन गोष्ठी धन बहादुर के.सी. को अध्यक्षता एवं शान्तिनगर गाउँपालिका अध्यक्ष कमान सिह डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
ग्रीन फाउन्डेसन नेपाल दाङका काेषाध्यक्ष खुम प्रसाद भण्डारी को स्वागत मन्तव्य बाट आज शुरु भएको गोष्ठीमा जिल्ला युवा समिति दाङका अध्यक्ष एवं ग्रीन फाउन्डेसन नेपालका सचीव सुरेश रावत, प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगि,वडा नं ३ का अध्यक्ष बुद्धिराम तिवारी, प्रशिक्षक केशव केसी लगाएतले भनाइ राख्नुभएको थियो । उक्त अभिमुखीकरण तालिम सामाजिक दुरी र कोरोनाको सजगता अपनाउदै सम्पन्न भयो ।