२०७८/०३/१० गते, तुलसीपुर, दाङ | तुलसीपुर कोरोना प्रतिकार्य समूहको बैठक तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे ज्युको प्रमुख आतिथ्यता एवं मेट्राे हस्पिटलका फोकल पर्सन बिमल केसी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, पुर्व अध्यक्ष बिमल रिजाल, अभियानमा संलग्न जिल्ला युवा समिति दाङ र ग्रीन फाउन्डेसन नेपालको उपस्थितिमा सम्पन्न भएको भएको छ ।
कोरोना प्रतिकार्य समूहका संयोजक तथा ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश कुमार राउतले कोरोनाको तथ्यांक र अवस्था जानकारी गराउनु भयो |
बैठकमा प्रतिकार्य समुहबाट पोजेटिभ बिरामीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिन पटक-पटक गरिएको फोन ट्रेसिङ संख्या ७,८७५, हाल जम्मा कोरोना सक्रमित संख्या ४,१२९ जना, जम्मा कोरोना मुक्त हुने संख्या ३,९३८ जना, जम्मा मृत्यु भएको संख्या १०४ जना र जम्मा कोरोना कोरोना सक्रिय संक्रमितको संख्या ९१ जना रहेको तथ्यांक पेश गरिएको छ ।
तेसै गरि तथ्यांक संकलन गर्दा अक्सिजनको आवश्यकता भएका बिरामी संख्या ३३ जना, एम्बुलेन्स सुबिधा ७ जना, स्वास्थ्य सुबिधा ५९ जना, चिकित्सा परामर्श संख्या १३७ जना, खाद्यान्न समस्या भएका ८० जना र स्वास्थ्य अबस्था जटिल भएका ९ जनालाई समाधानको लागि तुलसीपुर उपमहानगरपालिकामा सिफारिस गरिएको कार्य विवरण पेश गरिएको छ ।
बैठकले तुलसीपुर कोरोना प्रतिकार्य समुहको कामलाई अझै थप प्रभावकारी बनाउदै निरन्तरता दिने र केही दिन पश्चात् आफ्नो प्रगति प्रतिबेदन हस्तान्तरण गर्ने निर्णय गरेको छ ।