GFN SUPPORTED KAPURKOT RM, SALYAN WITH HEALTH MATERIALS

GFN SUPPORTED KAPURKOT RM, SALYAN WITH HEALTH MATERIALS

ग्रिन फाउण्डेशन नेपाल तथा सामुदायीक वन उपभोक्ता महासंघको तर्फबाट यस गाउँपालिकामा मिति २०७८।०२।२५ गते स्वास्थ्य सामग्रीहरु प्रदान भएको छ । यस गाउँपालिकाका अध्यक्ष श्री भिम बहादुर सेनज्युलाई ५०० मि.मि. को १३ बोतल स्यानीटाईजर, २५०० पिस सर्जिकल मास्क र १८ जोडा गमबुट सामुदायीक वन उपभोक्ता महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष श्री घनश्याम शर्माज्युले हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अध्यक्षज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री मोहन खड्का, जीन्सी शाखा प्रमुख श्री देवेन्द्र कुमार सेन, हे.अ. श्री भुवन डाँगीले कोरोना नियन्त्रण, रोकथामका लागि स्वास्थ्य सामग्री प्रदान गर्ने ग्रिन फाउण्डेशन नेपाल तथा सामुदायीक वन उपभोक्ता महासंघलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस अघि मिति २०७८।०२।१९ गते नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानले पनि कपुरकोट गाउँपालिकालाई १५०० पिस सर्जिकल मास्क उपलब्ध गराएको थियो ।
https://www.facebook.com/kapurkot.gaupalika/posts/1476851205995178