तुलसीपुर, ५ जेठ । ग्रिन फाउण्डेसन नेपाल र सामुदायिक वन उपभोक्ता महासंघले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । अक्सिजनको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने १० वटा कन्सनट्रेटर सहयोग गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्काले ग्रिन फाउण्डेसन नेपाल जिल्ला शाखा दाङका सचिव सुरेश कुमार रावतको उपस्थितिमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नु भएको हो । कोरोना महामारीको समयमा अक्सिजनको अभावमा कुनैपनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले कन्सनट्रेटर उपलब्ध गराएको बताउँदै उपाध्यक्ष खड्काले जुन उद्देश्यका लागि दिएको सोही प्रयोजनमा उपयोगमा ल्याउन अस्पताललाई आग्रह गर्नुभयो । सचिव रावतले ग्रिन फाउण्डेसन नेपालले उपमहानगरपालिका संग थप समन्वय गर्दै जाने बताउनु भएको छ । ग्रिन फाउण्डेसन नेपालले यस अघि तुलसीपुरमा संचालित भिमसेन शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रको आइसोलेसन सेन्टरलाई १०० थान तन्ना हस्तारण गरिसकेको छ ।
तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालमा अहिले २१ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । १० वटा कन्सनट्रेटरले केहि हदसम्म अक्सिजनको अभावलाई टार्ने बताउँदै नगर प्रमुख पाण्डेले ग्रिन फाउण्डेसन नेपाल र सामुदायिक वन महासंघलाई धन्यवाद दिनुभयो । कन्सनट्रेटरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ ।
Federation of Community Forestry Users Groups Nepal (FECOFUN) and Green Foundation Nepal (GFN) has handover 10 sets of oxygen concentrator for Tulsipur Metro Hospital, recently established in the premise of Tulsipur Metro College. The hospital is operated by the Tulsipur Sub-Metropolitan. The oxygen concentrator has capacity to produce 4 liter oxygen per minute. Due to second phase of COVID 19 in Nepal, Dang was severely hit and the number of COVID patients was multiplying rapidly, despite the sub-metropolitan campaign on prevention and awareness.
The number of patients requiring artificial oxygen supply were increasing day by day as the new variant was found to be more fatal in nature. The oxygen concentrators was handover by Mr. Bhim Prakash Khadka, vice-president of FECOFUN and Mr. Suresh Kumar Rawot, secretariat of GFN Dang to Mr. Ghanshyam Pandey, Mayor of Tulsipur Sub-Metropolitan. On the occasion of handover, Mr. Pandey expressed his votes of thanks to FECOFUN and GFN, for their humanitarian response in this COVID pandemic. Currently, more than 50 COVID patients from Dang and around districts are benefitted daily from the hospital. Previously, Green Foundation Nepal supported 100 bedsheets for the newly operated Metro hospital.